Search

ग्रेटर रशमोर नेपाली कम्युनिटीले नारि दिवस मनायो

अल्डरशट ०९ मार्च २०१९ , यहाँ स्थित नेपालीहरुको स्थानिय साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले नारि दिवस २०१९ विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। बिगत केहि बर्षदेखि नारि दिवसको अवसर पारेर स्थानिय नेपाली तथा फरक समूदाय समेतलाई समेत समेट्ने गरि विभिन्न विधामा नर नारीलाई सचेत गराउन यस कार्यक्रमलाई इन्फोरमेसन डे को रुपमा मनाउने परम्परा रही आएको छ भने यो बर्ष अपराध र रोकथाम पी एस ओ दुर्गा थापा, गोर्खा वेलफेयर सल्लाहा क्याप्टेन महेन्द्र लिम्बु, क्याप्टेन ग्यारी घले, मेन्टल हेल्थ सुष्मा गुरुङ, निक्की जेंकिंग, फायर एण्ड सेफ्टी फायर इनिश्पेक्टर ग्यारथ र उनको टिम, हेल्थी लिभिङ्ग निशा शर्मा, काउन्सिल इन्फोरमेसन सुशिला राना, घरेलु हिँसा क्यरन इवान, एलिजा गुरुङ समेतले प्रिजेन्टेसन दिएका थिए।

/div>

PreMortgage.co.uk
दूइ चरणमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रशमोर ब्रो काउन्सिलका उपमेयर सु कार्टर, बिशेस अतिथि एम पी लियो डाेकर्च्टी, जी आर एन सी अध्यक्ष जीव बेलबासे, निवर्तमान अध्यक्ष ओम थापा, एन आर एन आइ सी सी सदस्य सुष्मा राइ, जी आर एन सी महिला बिभाग प्रमुख एवं कार्यक्रम संयोजक लिला सेलिम र पूर्व जी आर एन सी महिला बिभाग प्रमुख पुस्पा गुरुंगले पानसमा बत्ति बालि गरेका थिए भने कार्यक्रम जी आर एन सी महिला बिभाग प्रमुख एवं कार्यक्रम संयोजक लिला सेलिमको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमको पहिलो चरणमा जी आर एन सी महिला बिभाग सह प्रमुख सुष्मा राइले स्वागत मन्तव्य दिइन भने  प्रमुख अतिथि रशमोर ब्रो काउन्सिलका उपमेयर सु कार्टर, बिशेस अतिथि एम पी लियो डाकर्च्टीले शुभकामना मन्तव्य दिएका थिए।
शुभकामनाकै क्रममा अध्यक्ष जीव बेलबासेले शुभकामनाका अतिरिक्त जी आर एन सीको स्थानिय प्रहरी, प्रशान, काउन्सिल, रशमोर  फायर एण्ड रेस्क्यु सर्भिस, आर्मी, रशमोर भोलेन्टियर सर्भिस, अरु समूदायसंगको समन्व, संस्थाको बिगत, बर्तमान र भबिष्य बिषयमा प्रकाश पारेका थिए भने कार्यक्रम संयोजक लिला सेलिमले सबैलाइ धन्यवाद दिदैं पहिलो चरणको कार्यक्रम समापन गरेकी थिइन्।
दोस्रो चरणको सम्पूर्ण प्रिजेण्टेसन सम्बन्धि कार्यक्रम महासचिव मान गुरुंगले कुशलताका साथ् संचालन गरेका थिए करिव ५०० भन्दा बढीको सहभागिता भएको उक्त कार्यक्रमको अन्त्यमा जी आर एन सीको लोगो सहितको केक काटीएको थियो।
संस्थाका बरिष्ठ उपाध्यक्ष राम धन राई, कोषाध्यक्ष टोप पल्ली लगायत कार्यसमितिका बढी जसो सदस्यहरु, सल्लाहाकारहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,  काउन्सिलरहरूकाे, पत्रकारहरु लगायत को सहभागिता रहेको उक्त कार्यक्रमको लागि सल्लाहाकार, कार्यसमिति, महिला विभागका सह प्रमुख सुष्मा गुरुङ, प्रवक्ता प्रमिला राइ,रोजी राइ, अनिता राइ, पुष्पा गुरुङ, हल प्रायोजक पुरन गिरि, नारायण गिरि, राज गुरुङ लगायतको सहयोग एवं लिला सेलिमको कुशल नेतृत्वका कारण कार्यक्रम अहिलेसम्मकै सबैभन्दा सफल रहेको ठहर रहेको छ।
प्रवक्ता
प्रमिला राई
जी आर एन सी