Search

१० के र फन रन सम्पन्न – १६ सय भन्दा बढीको सहभागिता

अल्डरसट। ग्रेटर रशमोर नेपाली कम्युनिटी , रशमोर ब्रो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा गत आइतबार १०के र फन रन भब्यताको साथ सम्पन्न भएकोछ ।अल्डरशट स्थित कुइन्स एभिन्युमा सम्पन्न उक्त रनमा ब्रिटिश , नेपाली र फाटफुट अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो भने १० केअनि फन रन दुबैमा नेपाली प्रतियोगीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

PreMortgage.co.uk

ग्रेटर रशमोरको इतिहासमा प्रथम पल्ट यस कार्यक्रमको उद्घाटन रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जिब बेलबासेद्वारा गरिएको उक्त रनको संयोजन जी आर एन सी सल्लाहाकार मेजर खिम गौचन र सह संयोजन सदस्य बिरबलालले गरेका थिए। स्थानिय एम पी समेत सहभागी भएको रनको उद्घाटन गर्ने अवसर जी आर एन सी अध्यक्ष जीव बेलबासेलाइ दिइनुले स्थानिय स्तरमा नेपालीको प्रतिष्ठा बढेकोमात्र प्रमाणित नभई अरु समुदायसंगको आपसी सकारात्मक तालमेलमा जी आर एन सी अब्बल रहेको र यसबाट सबै नेपालीहरुको गौरब बढेको कुरा बरिष्ठ उपाध्यक्ष राम धनराईले बताए।

हरेक वर्ष अक्टुवर महिनामा ग्रेटर रशमोर नेपाली कम्युनिटी , रशमोर ब्रो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा हुने १० के र फन रन कार्यक्रमले नेपाली रब्रिटिस समुदाय बीच सुमधुर सम्बन्ध विस्तार गर्नमा ठुलो सहयोग पुगेको कुरा एम पी लियो डोकतिले बताए। फन रन तर्फको सम्पूर्ण जिम्मा उपाध्यक्ष नेम थापाले लिएका थिए भने कोषाध्यक्ष टोप पल्लिले उनलाई सहसंयोजन गरेका थिए। सबै कार्यसमिति एवं सल्लाहाकारहरुको सक्रियसहयोग एवं सहभागिता रहेको उक्त रनको कन्ट्रोल रुमको उपाध्यक्ष रन्जिता मल्ल, प्रवक्ता प्रमिला राइ, सल्लाहाकार क्याप्टेन ग्यारी घले, क्याप्टेन बिर थापा समेतले जिम्मा लिएका थिएभने महासचिव मान गुरुंगले रेस पूर्व र पश्चात सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए।

मार्शलतर्फ सल्लाहाकार क्याप्टेन बिष्णु थापा लगायत मदत समुहले सबै जिम्मा लिएको उक्त रन पछि क्याप्टेन बिर थापाले सास्कृतिक प्रश्तुति दिएका थिए।
यस कार्यक्रम को अन्तमा अध्यक्ष जीव बेलबासेले कार्यक्रमको सफलताको लागि प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोगर्नुहुने निबर्तमान अध्यक्ष, सल्लाहाकारहरु, कार्यसमितिका समस्तसदस्यहरु, जी आर एन सीका आजीवन सदस्यहरु, समस्त नेपाली तथा स्थानिय समूदायमा हार्दिक धन्यबात दिनुका साथै संयोजक सल्लाहाकार मेजर खिम गौचन र उनको टिमलाइ बिशेष धन्यबाद दिएका थिए।