Search

फान्ब्रोमा स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम सम्पन्न

फान्ब्रो ग्रेटर रशमोर नेपाली कम्युनिटी, नेप्लिज डाक्टर एशोसिएसन र नेप्लिज नर्सिङ्ग एशोसिएसनको संयुक्त प्रयासमा स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम सम्पन्न भएको छ। तीन चरणमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलर आलेक्स क्राफोर्ड, बाबरा हर्स्ट, एन डि ए यू के अध्यक्ष डाक्टर सविन जोशी, एन एन ए यू के अध्यक्ष प्रशुना कंडेल र जी आर एन सी अध्यक्ष जीव बेलबासेले संयुक्त रुपमा गरेका थिए।
एन डी ए महासचिव डाक्टर कमल अर्यालद्वारा संचालित कार्यक्रममा जीव बेलबासेले स्वागत मन्तव्य दिएका थिए भने डेभिड क्लिफोर्ड, आलेक्स क्राफोर्ड र प्रशुना कंडेलले कार्यक्रम बिषयमा बोलेका थिए।

PreMortgage.co.uk

डाक्टर सविन जोशीको धन्यबाद एवं पहिलो चरणको समापन पश्चात डाक्टर प्रज्वल घिमिरे र एन एन ए उपाध्यक्ष बिनोद बिकाश सिम्खडाले स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको लक्ष्य डाक्टर कमल अर्याल, मधुमेह डाक्टर संकल्प न्यौपाने, उच्च रक्त चाँप अनि पच्छेघात कोषाध्यक्ष गङ्गा साम्पांग र सुनिता गौतम, फोक्सो अनि छाती समस्या डाक्टर सुधिर लोहनी, दाँतको स्वच्छता र समस्या डाक्टर रचैता पन्त र बिनु लामिछाने,मानसिक स्वास्थ्य डाक्टर अरुण झा, महिलाहरुमा क्यान्सर डाक्टर बिना सुब्बा, एन एच एस र यसको प्रयोग डाक्टर भिछ्यान राइले प्रिजेण्टेसन दिएका थिए भने डाक्टर राघव धितालले दोस्रो चरणको सारांस सहित समापन गरेका थिए।

कार्यक्रमको तेस्रो चरण एवं स्वास्थ्य चेकको लागि नौवटा टेबलमा उच्च रक्त चाँप, मधुमेह, फोक्सो अनि छाती समस्या, मानसिक स्वास्थ्य, लगायत विविध बिषयमा परिक्षण गरि लिखित सुझाव समेत सहभागीहरुलाई दिएको थियो। कार्यक्रमको अन्त्यमा एन एन ए यू के अध्यक्ष प्रशुना कंडेलले जी आर एन सी र एन डि ए लगायत सबैलाई धन्यवाद दिएकि थिइन भने जी आर एन सी अध्यक्ष जीव बेलबासेले एन डि ए यू के अध्यक्ष डाक्टर सविन जोशी र एन डि ए टीम , एन एन ए यू के अध्यक्ष प्रशुना कंडेल अनि टिम र ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष ओम थापा र वहाँको पत्नी पार्वती थापा, कोषाध्यक्ष टोप पल्ली र वहाँको पत्नी शेष पल्ली, सल्लाहाकार क्याप्टेन बिर थापा, क्याप्टेन हरि थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन केशर राना र डब्लु टू बुध्दि गुरुङलाइ धन्यवाद दिदै सल्लाहाकार फडकजित गुरुङ स्तरिय खाना र एन डी ए महासचिव डाक्टर कमल अर्याललाई खाना प्रयोजनको लागि धन्यबाद दिनुका साथ् अर्को कार्यक्रममा नेपालि मात्र नभई न्युतम २५ प्रतिशत स्थानिय समूदायका मानिसहरुलाई सहभागी गराउने बाचा गरेका थिए।