Search

ग्रेटर रशमोर नेप्लिज कम्युनिटी महिला फोरमको नारी दिवस मार्च ११मा

अलडरशट ।  ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रमसहित यही आइतबार (मार्च ११) मनाउने भएको छ । सो कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको प्रवक्ता प्रमिला लाबुंग राईले जानकारी दिइन् ।
संस्थाकी  उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग र महिला बिभिग सल्लाहाकार पुष्पा गुरुङ समेतको संयोजनमा मनाइने उक्त कार्यक्रममा महिलाहरुलाई सुसुचित गर्न घरेलु हिंसा, लागुऔसध दुर्व्यसन, सामाजिक सुरक्षा एवं अपराधको रोकथाम, स्वयमसेवा, मेन्टल हेल्थ, महिला स्वास्थ्य बिषय समेतलाई समेटी बिज्ञहरुद्वारा प्रिजेन्टेसन दिइने कुरा प्रवक्ता प्रमिला लाबुंग राइले बताइन।
अलडरशट स्थित एम्पायर हलमा बिहान ठिक ११.०० रशमोर ब्रो काउन्सिलका मेयर सोफिया चौधरीको प्रमुख आतिथ्यमा संचालन हुने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पेशाकर्मी, बुध्दिजीबी, सर्बसाधारण लगायत नेपाली भन्दा फरक एवं स्थानिय समूदायको उल्लेख्य सहभागिता त रहन्छ नै प्रहरी, प्रशान र स्थानिय काउन्सिलबाट समेत कार्यक्रममा सहभागिता रहने कुरा समेत आयोजकले जनाएका छन भने कार्यक्रमको लागि अध्यक्ष लगायत कार्यसमितिका सबैजसो र केहि अन्यबाट सम्पूर्ण खर्चको प्रायोजन स्वत: स्फुर्त रुपमा भएकोछ।