Search

१० के र फन रन सम्पन्न – १६ सय भन्दा बढीको सहभागिता

अल्डरसट। ग्रेटर रशमोर नेपाली कम्युनिटी , रशमोर ब्रो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा गत आइतबार १०के र फन रन भब्यताको साथ सम्पन्न भएकोछ ।अल्डरशट स्थित कुइन्स एभिन्युमा सम्पन्न उक्त रनमा ब्रिटिश , नेपाली र फाटफुट अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो भने १० केअनि फन रन दुबैमा नेपाली प्रतियोगीहरुको उल्लेख्य... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा इन्फोर्मेशन डे कार्यक्रम गर्दै

लण्डन । अल्डरशट, ग्रेटर रशमोर नेपाली कम्युनिटीले बिगतका वर्ष जस्तै नेपालबाट आउने नव आगन्तुक भुपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहन सहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुबिधा आदि विषयमा सचेत गराउनको लागि आगामी २० सेप्टेम्बर २०१८ मा बिहान ठिक १०.०० बजे सुरु हुने गरी इन्फोर्मेशन डे... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न 

१२ अगष्ठ ,अल्डरसट स्थित भेटघाट रेस्टुरेनटमा ग्रेटर रशमोर नेपाली कम्युनिटीको बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका महासचिब मान गुरुङले संचालन गरेका उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामधन राईले स्वागत मन्तब्य दिए पश्चात संस्थाका अध्यक्ष जीव बेलबासे र सल्लाहकार क्याप्टेन रिटायर्ड बिर बहादुर थापाले सयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको औपचारिक रुपमा उदघाटन गरेका थिए । बरिष्ठ उपाध्यक्ष राम धन राईले भेट्रान... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनायो

अल्डरशट ०९ जून २०१८।  ग्रेटर रशमोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनाउने काम भव्यताका साथ सम्पन्न गरेको छ। रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा मनाइने, भिक्टोरिया डेमा यो बर्ष परेडमा ३ सय र वाहिर ४ हजार भन्दा बढी नेपाली समुदायबाट सहभागिता रहेको थियो। स्थानिय नेपाली संघ संस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप अपार सफलता प्राप्त गरे बापत, बिगतमा हरेक... Read More

ग्रेटर रशमोरको भिक्टोरिया डे ९ जुनमा

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले आगामी ९ जुनमा ‘भिक्टोरिया डे’ मनाउने भएको छ । कम्युनिटीले यस वर्ष पनि शनिबार बेलायतकी महारानी एलिजावेथ द्वितीयको जन्म दिन (भिक्टोरिया डे) विशेष कार्यक्रम गरि मनाउन लागेको हो । कम्युनिटीको सक्रिय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष साझेदारी र सहकार्य गरि भिक्टोरिया डे मनाइने अध्यक्ष जीव बेल्बासेले बताए । उक्त कार्यक्रममा बेलायतका सबैजसो... Read More

ग्रेटर रशमोर नेपाली कम्युनिटीको त्रैमासिक बैठक सम्पन्न भिक्टोरिया डे मनाउने तयारि

फान्ब्रो १० मे २०१८, ग्रेटर रशमोर नेपाली कम्युनिटीले त्रैमासिक बैठक सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा संचालित उक्त बैठक रशमोर ब्रो काउन्सिलको च्याम्बरमा सम्पन्न भएको थियो। बैठकमा भरखरै सम्पन्न नेपाली नयाँबर्ष कार्यक्रम र भेट्रान फण्ड संयोजक एवं बरिष्ठउपाध्यक्ष राम धन राइले र नेपाली कक्षा संचालन बिषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति दिएका थिए।त्यसैगरी इन्फोरमेसन डे,... Read More

फान्ब्रोमा स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम सम्पन्न

फान्ब्रो ग्रेटर रशमोर नेपाली कम्युनिटी, नेप्लिज डाक्टर एशोसिएसन र नेप्लिज नर्सिङ्ग एशोसिएसनको संयुक्त प्रयासमा स्वास्थ्य शिक्षा र जागरुकता कार्यक्रम सम्पन्न भएको छ। तीन चरणमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलर आलेक्स क्राफोर्ड, बाबरा हर्स्ट, एन डि ए यू के अध्यक्ष डाक्टर सविन जोशी, एन एन ए यू के अध्यक्ष प्रशुना कंडेल र जी आर एन सी... Read More

ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष मनाउने

ग्रेटर रसमुर नेपाली कम्युनिटीले नेपाली नयाँवर्ष मनाउने अल्डरशट स्थानिय नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले नेपाली नयाँबर्ष २०७५ भव्यताकासाथ सम्पन्न गर्ने पूर्व तयारी गरेको छ। स्थानिय एम्पायर हाउस अल्डरशटमा आगामी अप्रिल १४ साँझ ठिक १८.०० देखि सुरु हुने उक्त कार्यक्रममा नेपाली र स्थानिय इङ्ग्लिश समूदाय लगायत इन्डियन, पाकिस्थानी, श्रीलंकन समूदाय समेतको सहभागिता रहने कुरा प्रवक्ता प्रमिला राइले बताइन। कार्यक्रमको... Read More

ग्रेटर रशमोर नेप्लिज कम्युनिटी महिला फोरमको नारी दिवस मार्च ११मा

अलडरशट ।  ग्रेटर रसमोर नेपाली कम्युनिटीले यस वर्षको नारी दिवस विभिन्न कार्यक्रमसहित यही आइतबार (मार्च ११) मनाउने भएको छ । सो कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको प्रवक्ता प्रमिला लाबुंग राईले जानकारी दिइन् । संस्थाकी  उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग र महिला बिभिग सल्लाहाकार पुष्पा गुरुङ समेतको संयोजनमा मनाइने उक्त कार्यक्रममा महिलाहरुलाई सुसुचित गर्न घरेलु हिंसा, लागुऔसध दुर्व्यसन, सामाजिक... Read More