Search

ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा आगोमा हिड्ने कार्यक्रम सम्पन्न

मिच्चेट १७ डिसेम्बर २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटीले रशमोर एरियामा पहिलोपटक आगोमा हिड्ने कार्यक्रम सम्पन्न गरेको छ।
जीवनमा डरदेखि सदाको लागि मुक्त हुन सहयोगी सिद्ध मानिएको उक्त आगोमा हिड्ने कार्यक्रम ग्रेटर रशमोर नेपाली कम्युनिटीले आयोजना गरेको हो भने तमुधी यु के ले सपोर्ट गरेको थियो।
संस्थाका सल्लाहाकार एवं मास्टर कृष्ण गुरुङको बिशेष भूमिका रहेको सो कार्यक्रमको लागि अर्का मास्टर लोटी र उनको टिमले सयोग गरेका थिए।   
तमु नेपाली भवन मिचेटमा सम्पन्न उक्त कार्यक्रममा नेपाली, इंगलिस, चाइनिज लगायत अरु समूदायका करिब १८० जनाको सहभागिता रहेकोमा ५५ जनाले आगोमा हिड्न सफलता पाएका थिए।
स्थानिय समुदायका मानिसहरुको आत्मबल मजबुत बनाउने र फरक समुदाय बिचको दुरीलाई निमिट्याण्ट पार्ने उदेश्यका साथ आयोजना गरिएको यो कार्यक्रम हाल सम्मकै सबैभन्दा सफल कार्यक्रम रहेको बिश्वास गरिएकोछ,जहाँ आयोजक नेपाली संस्था, मास्टर नेपाली, कार्यक्रम संचालन नेपालीबाटै रहेकोमा फरक समुदायको उल्लेख्य सहभागीता रहेको र नेपालीहरुले भन्दा बढी चाखलाग्दो गरि अरु सुमुदायका मानिसहरुले रमाइलो गरेका थिए।
 दिनको १५.०० बजे सुरु भै साँझ १९.०० डिनरका साथ सम्पन्न  उक्त कार्यक्रमको प्रथम चरणको संचालन समाजसेवी पुस्पा गुरुंगले गरेकी थिइन् भने सुरुदेखि आगोमा हिड्ने कार्य नसिद्धिदासम्म मास्टर कृष्ण गुरुंगले विभिन्न तवरले सहभागी सबैलाई रमाइलो गराउदै मनोबल उचो गराइदिने प्रकारका क्रिकलाप गर्ने गराउने तथा आगोमा हिड्दा गर्न हुने र गर्न नहुने बिषयमा सुसुचित गरेका थिए।
कार्यक्रमको अन्तिम चरणको संचालन महासचिब मान गुरुंगले गरे भने अध्यक्ष जीव बेलबासेले सहभागी सबैलाई शुभना तथा धन्यबाद दिदै कार्यक्रमको लागि अहोरात्र खट्ने मास्टर कृष्ण गुरुङ,महाचिब मान गुरुङ र कोषाध्यक्ष टोप पल्लिलाई बिशेष धन्यबाद दिएका थिए।
 रशमोर ब्रो काउन्सिलका मेयर सोफिया चौधरीको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, ६ जना काउन्सिलर, तमुधी यू के का अध्यक्ष ज्ञाम गुरुङ, निबर्तमान अध्यक्ष ओम थापा,सल्लाहाकारहरु, एन आर एन यू के का निबर्तमान अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष द्वय शेर सुनार र पुनम गुरुङ, कार्यसमितिका सबैजसो सदस्यहरु, स्थानिय समूदाय र तमुधी यू के को तर्फबाट समेत उल्लेख्य सहभागिता रहेको थियो।
 अध्यक्ष जीव बेलबासे, तमुधी यू के का अध्यक्ष ज्ञाम गुरुङ र क्याबिनेट लिडर डेभिड क्लिफोर्डद्वारा आगो सल्काई उद्घाटित उक्त कार्यक्रमको अन्त्यमा सफलता पूर्बक फायर वाक गर्नेहरुलाई अध्यक्ष जीव बेलबासे, तमुधी यू के का अध्यक्ष ज्ञाम गुरुङ, मेयर सोफिया चौधरी, क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, बरिष्ठ उपाध्यक्ष रामधन राइ, मास्टर कृष्ण गुरुङ, महासचिब मान गुरुंग र मार्सल वार्डले प्रमाणपत्र प्रदान गरेका थिए।