Search

नेपाली लिडरहरुको काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरसंगको त्रैमासिक बैठक 

अलडरशट २० नोबेम्बर २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ।

PreMortgage.co.uk

हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक यसपटक रशमोर फायर एण्ड रेस्क्यु सर्विसेजको बैठक कक्षमा सम्पन्न भएको छ।

नेपाली समूदायुलाई बेलायति संस्कार, चलन चल्ती, नियम कानून, उठ बस लगायत जिवन सम्बध्द हरेक बिषयमा जानकारी गराउने एवं नेपाली र स्थानिय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकासका लागि के गर्न सकिन्छ भनि हरेक तीन महिनामा नेपाली नेतृत्व बर्गसंग शमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा बस्ने बैठकले समस्याको पहिचान र समाधानका उपाय समेतमा छलफल गर्ने गर्दछ भने यस पटक फायर एण्ड सेफ्टी बिषयमा रशमोर फायर स्टेशनका स्टेशन मेनेजर पोल, कम्युनिटी सेफ्टी अफिसर फिल र नयनाले प्रिजेण्टेशन दिदै ग्रेटर रशमोर नेपाली कम्युनिटीसंग सहकार्य गरि नेपाली समूदायलाइ फायर एण्ड सेफ्टी बिषयमा सुसुचित गरि सुरक्षित गराउन चाहेको कुरा बताए।

गत रशमोर ब्रो काउन्सिलको अफिसमा सम्पन्न बैठकले रशमोर फायर एण्ड रेस्क्यु सर्भिसको बिल्डिंगमा नेपाली करी कुकिङ्ग प्रशिक्षण स्थानिय समुदायलाई दिने र संयुक्त भोजनको प्रबन्ध गर्ने निर्णय भए अनुरुप सल्लाहाकार शेर सुनारको सहयोगमा भेटघाट रेष्टुरेन्टका सेफ सुरेश र संगीता गैरेले लाइभ कुकिङ्ग प्रशिक्षण दिए।

आपशी सामुहिक भोजनका क्रममा बिशेस गरि नेपाली बृद्ध बृद्धाको स्वास्थ्य, सुरक्षा बिषयमा छलफल भयो भने हस्पिटल, काउन्सिल, रशमोर फायर एण्ड रेस्क्यु सेर्विसेज तथा अरु एजेन्सीहरुले काम गर्दा ग्रेटर रशमोर नेपाली कम्युनिटीसंग सहकार्य गर्दै गर्ने कुरामा सहमति भयो।

बैठकमा अध्यक्ष जीव बेलबासे, निबर्तमान अध्यक्ष ओम थापा, बरिष्ठ उपाध्यक्ष राम धन राइ, उपाध्यक्ष नेम थापा,शेर सुनार, क्याप्टेन महेन्द्र लिम्बु, कृष्ण गुरुङ, मधुकर गुरुङ,क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, डेपुटी लिडर केन, काउन्सिलर बारबा, मार्टिन, लगायतले आ-आफ्नो धारणा ब्यक्त गरेका थिए भने सल्लाहाकार क्याप्टेन राजु गुरुंगले नेपालीसंग सम्बद्ध कुनै पनि काम ग्रेटर रशमोर नेपाली कम्युनिटी मार्फत नै हुनु पर्ने कुरामा जोड दिए।

बैठकको अन्त्यमा क्याबिनेट लिडर डेभिड क्लिफोर्ड र अध्यक्ष जीव बेलबासेले रशमोर फायर एण्ड रेस्क्यु सेर्विसेज स्टेशन मेनेजर पोल र उनको टिम, अनि सल्लाहाकार शेर सुनार, सेफ सुरेश र असिस्टेन्ट सेफ संगीता गैरेलाई बिशेष धन्यवाद तथा सहभागी सबैमा धन्यबाद ज्ञापन गरे।

बैठकमा सल्लाहाकार क्याप्टेन बिष्णु श्रेष्ठ, महिला संयोजक लिला माबो, ग्रेटर रशमोर नेपाली ब्याडमेन्टन एशोसिएसनका अध्यक्ष मोहन गुरुङ र सुरेश थापा समेतको सहभागिता रहेको थियो।