Search

रशमोर कम्युनिटी फूड फेस्टिबल

अल्डरशट १६ सेप्टेम्बर २०१७ ग्रेटर रशमोर नेपाली कम्युनिटी लगायत रशमोर स्थित विभिन्न अरु कम्युनिटी, सेन्ट ओमार ब्यारेक र रशमोर ब्रो काउन्सिलको साझेदारीमा  रशमोर कम्युनिटी फूड फेस्टिबल अत्यन्तै सफलतापूर्बक सम्पन्न भएको छ।

PreMortgage.co.uk

मुख्य गरि इंलिश, नेपाली, भारितीय,फिजियन, रुमानियन, पोलिस र जिम्बाबियन खानाको प्रबन्ध गरिएको उक्त कार्यक्रमको फूड सेफ्टी र पकाउने काम कर्नल मेक ग्रेगरको प्रत्यक्ष निगरानीमा भएको थियो।

अल्डरशट स्थित वेस्टन पार्कमा आयोजित उक्त कार्यक्रमा खानाको अलावा फेस पेंटिंग, बास्केटबल, क्रिकेट, फूटबल जस्ता खेल, कथा बाचन, विभिन्न देशका गीत तथा नाच, अंग्रेजी ब्याण्डको समेत प्रस्तुति रहेको थियो भने नेपाली खाना र भारतीय कत्थक नाच बिशेस आकर्षण बनेका थिए।

रशमोर स्थित सबै कम्युनिटी बीच घुलमिल गराउने उदेश्यका साथ् आयोजना गरिएको उक्त कार्यक्रमको संयोजन रशमोर ब्रो काउन्सिलका जेमी बेटोंले गरेका थिए भने ग्रेटर रशमोर नेपाली कम्युनिटीको भूमिका बिशेस रहेको थियो। सुरुदेखि अन्त्यसम्म दर्ता, हेल्थ एंड सेफ्टी, प्राथमिक उपचार, सूचना केन्द्र, स्वयम् सेवकको व्यबस्था लगायतका सम्पूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएकोमा संयोजक जेमिले बिशेस धन्यबाद दिएका थिए।

कार्यक्रमलाई सफल बनाउन कार्यसमिति, सल्लाहाकार र स्वयम् सेवकको अथक परिश्रमको लागि संस्थाका अध्यक्ष जीव बेलबासेले धन्यबाद दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापा, बरिष्ठ अध्यक्ष राम धन राई, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल,  कोषाध्यक्ष टोप पल्ली, सल्लाहाकार बिष्णु थापा र बुध्दी गुरुङ बिशेस धन्यबादका पात्र बनेका थिए।

५ पाउँड दरका ५०० टिकट छपाइएकोमा  सम्पूर्ण टिकट एक हप्ता पहिले नै बिक्रि भएको उक्त कार्यक्रम पुन: आगामी जून महिनामा आयोजना गरिने कुरा अध्यक्ष जीव बेलबासेले बताए।