Search

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको ( दूइ किलोमिटर ) फन रनको समेत आयोजना गरिने छ।

PreMortgage.co.uk

यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ।
नेपाली र स्थानिय समूदाय एक साथ् रही आयोजना गरिने उक्त रन दुवै सुमूदाय बीच आपसी हार्दिकता बढाउन अत्यन्तै महत्वपूर्ण साबित भएकोले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरि ग्रेटर रशमूर नेपाली कम्युनिटीले निर्णय गरेको छ भने यस वर्ष सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ उपाध्यक्ष नेम थापा, सदस्य बिर बलाल र जुमकाजी गुरुङ्ग रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ।

आगामी ०८ अक्टुबर २०१७ आइतबार बिहान ठिक १० बजे सुरु हुने उक्त दौडको पूर्ब तयारि तिब्र रुपमा भैरहेको र १०के रनमा भाग लिन इच्छुक व्यक्तिले छिटो भन्दा छिटो www.rushmoor10k.co.uk मा गएरअनलाइन दर्ता गरि सिट सुरक्षित गर्न र फन रन गर्नेहरुले सोहि दिन दर्ता गर्न सक्ने तथा १०केको दर्ता शुल्क £१३.०० (सिनियर सिटिजन र १८ वर्ष मुनिकालाई £५.००) लाग्ने अनि फन रन इन्ट्री फ्री भए पनि मेडल दीइने छ।


Please click here for more images