Search

नेपाली लिडरहरुको काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरसंगको बैठक 

फान्ब्रो १७ अगष्ट  २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर र  काउन्सिलरको साझेदारीमा अरु नेपाली लिडरहरुलाइ समेत सहभागी गराई बैठक सम्पन्न भएको छ। हरेक त्रैमासिक रुपमा गरिने उक्त बैठक बिशेस गरि सामाजिक विसंगति, सामाजिक अप्ठेरा, जीवनका दैनिक गतिविधिमा बाधक बिषय, नेपाली र स्थानिय समूदाय बिचको दुरी कम गर्ने कुरामा बाधक बिषय, अस्पताल तथा हेल्थसेन्टरमा आउने अप्ठेरा आदि बिषयमा यस पूर्वको बैठकले पहिचान गरि निराकरणको जिम्मा दिएकोमा धेरैजसो समस्याको निधान भैसकेको र बाकी रहेका र यो बैठकले पहिचान गरेका बिषयमा आगामी दिनहरुमा दुवै समूदायको पहल रहने र स्थानिय सरकारको जिम्मेवारी बढी रहने कुरा बैठकले ठहर गरेको छ। 

PreMortgage.co.uk

 नेपाली समूदायुलाई बेलायति संस्कार, चलन चल्ती, नियम कानून, उठ बस लगायत जिवन सम्बध्द हरेक बिषयमा जानकारी गराउने एवं नेपाली र स्थानिय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकासका लागि के गर्न सकिन्छ भनि हरेक तीन महिनामा नेपाली नेतृत्व बर्गसंग शमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा बस्ने बैठकले समस्याको पहिचान र समाधानका उपाय समेतमा छलफल गर्यो।

स्थानिय काउन्सिलको बैठकमा आफ्नो समस्याका बारेमा छलफल

रशमोर ब्रो काउन्सिलको अफिसमा सम्पन्न बैठकले यसपटक आगामी १६ सेप्टेम्बेर २०१७ मा काउन्सिल, ग्रेटर रशमोर नेपाली कम्युनिटी, अन्य संघसंस्था र आर्मीको संयुक्त पहलमा अल्डरशट स्थित वेस्ट्रन पार्कमा गरिने फूड फेस्टिबलमा सहभागिताको लागि सबै समुदायमा ब्यापक प्रचार गर्ने निर्णय समेत गर्यो भने आगामी ०९ अक्टुबर २०१७ मा स्थानिय फायर एण्ड रेस्क्यु सर्भिसको बिल्डिंगमा नेपाली करी कुकिङ्ग प्रशिक्षण स्थानिय समुदायलाई दिने र संयुक्त भोजनको प्रबन्ध गर्ने निर्णय भयो। बैठकमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका बरिष्ठ उपाध्यक्ष राम धन राइको संस्थाको लागि अफिसको माग प्रश्ताव उपर छलफल गर्दा बृद्ध गोर्खाहरुको लागि चौतारीको रुपमा प्रयोग गर्न कुनै हल, जी आर एन सी को लागि अफिसको परिपूर्तिको लागि काउन्सिलका जेराडलाइ जिम्मा र उनसंग सहकार्यको लागि  ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे, बरिष्ठ उपाध्यक्ष राम धन राइ र सल्लाहाकार बिष्णु श्रेष्ठलाइ तोकेको छ।    त्यसै गरि काउन्सिलर लिडर डेभिड क्लिफोर्डले उपयुक्त जमिन खोजि गरि मन्दिर र गुम्वा सहितको नेपाली कम्युनिटी हल बनाउनु पर्ने प्रश्ताव गरे। बैठकमा बाटो तथा पार्क हिडडुल गर्दा नेपाली बुढाबुढीहरुलाई टिनेजर केटाकेटिहरुबाट हुने अभद्र व्यबहार,चोरी  तथा लुटका घटना बिषयमा प्रहरीलाई सजग गराइयो भने अशक्त मानिसको घरमा ढोका ढकढकाउने कुरालाई रोक्न कुनै किसिमको सुचना ढोकामा राख्दा कसो हुन्छ भनि छलफल भयो। २५ जना नेपाली नेतृत्व  बर्गको सहभागिता रहेको उक्त बैठकमा निबर्तमान अध्यक्ष ओम थापा, सल्लाहाकारहरु, विभिन्न कमिनिटिका प्रतिनिधिहरु, प्रहरी, काउन्सिलरहरु र काउन्सिलका कर्मचारीहरुको सहभागिता रहेको थियो।