Search

निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति

आदरणीय  समस्त रशमोर बासि अग्रजज्युहरु, सल्लाहाकारज्युहरु, कार्यसमितिका साथीहरु एवं सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनिज्युहरु,

PreMortgage.co.uk
बिगतमा गएको भुइचालोको कहरबाट पूर्ण रुपमा उभर्न नपाउदै पुन: हाम्रो मातृभुमी नेपालका विभिन्न भागमा   निरन्तरको अतिवृष्टिसंगै  तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति हुन पुगेको कुरा हजुरहरु सबैलाई बिभिन्न माध्यमबाट अबगत भएकै छ।  हाल सम्म करिब १४० जना नेपालीले ज्यान गुमाई  सक्नु भएको 2 दर्जन जति बेपत्ता  भएको र  घाइतेको अवस्था अझै गम्भीर छ I  उपत्यका र तराइका धेरैजसो जिल्ला जलमग्न भएका छन्। विध्दुत आपूर्ति केन्द्रमा बाढी प्रवेश गर्दा कतिपय जिल्ला विद्युतबिहीन बन्न पुगेका छन्। ती ठाउँमा मोबाइल चार्ज गर्नसक्ने अवस्था समेत छैन। बाढीले घर डुबाउँदा स-सना नानीका आमाहरु बच्चा बोकेर रुखमाथि चढेर ज्यान बचाउन विवश छन्।
Landslide in Nepal
पर्यटकीय क्षेत्रमा समेत  गम्भीर र भयाभह  स्थिति छ I  अविरल वर्षासँगै आएको बाढीले ती क्षेत्रमा एक किसिमले मानवीय संकट उत्पन्न गराएको छ। विध्दुतको कटौतीसंगै कम्निकेसन समेत अबरुध्द हुँदा कति जनाको ज्यान गयो अत्तोपत्तो छैन। यति मात्र होइन दुषित पानी र खानाको कारण आउन सक्ने विपत्तिको कल्पना सम्म गर्न ग्राहो छ। यसर्थ  ती स्थानका नेपाली दाजुभाइ दिदीबिहनीहरुलाई उद्दारसँगै तत्काल स्वच्छ खानेपानी, खाद्यान्न एवं लत्ताकपडा पुर्याउनु पर्ने कर्तव्य हामी सामु खडा भएको छ। यसै परिबेशमा नेपाल सरकारले आफुखुशी बेप्रबाह रुपमा राहत दिन रोक लगाएको छ। यसै तथ्यलाई मध्यनजर राख्दै नेपालीहरुको साझा संस्था एन आर एन यू केद्वारा राहत संकलन भैरहेको कुरा यहाँहरुलाई बिधितै नै छ। उल्लेखित सहयोग ओन डोर पोलिसी अनुरुप जनता माझ पुग्ने हुँदा आफ्नो गच्छे अनुसारको सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछौं।
जीव बेलबासे
अध्यक्ष तथा जी आर एन सी परिवार
राहत सहयोगको लागी एन आर एन को तपशिलको खातामा सहयोग रकम ट्रान्सफर वा जम्मा गर्न सकिने छ।
NRN UK
Account number: 50757760
Sort code: 30-99-88
Liyods Bank