Search

ग्रेटर रशमूर नेपाली कम्युनिटीले १० के र फन रन लाई निरन्तरता दिने

फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा, जस्तै यस वर्ष पनि रशमूर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर्स र नया युवासंगको साझेदारीमा  १० के रन लाई निरन्तरता दिने भएको छ भने यो वर्ष थप छोटो दुरीको फन रनको समेत आयोजना गरिने छ।

PreMortgage.co.uk

यस वर्ष १०के तर्फ १००० जना र फन रनतर्फ ३०० देखि ५०० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ।

नेपाली र स्थानिय समूदाय एक साथ् रही आयोजना गरिने उक्त १०के  रनमा गत वर्ष नेपाली समूदायको तुलनामा स्थानिय समूदायको संख्यात्मक सहभागिता केहि बढी रहेको थियो।

दुवै सुमूदाय बीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएकोले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरि ग्रेटर रशमूर नेपाली कम्युनिटीले निर्णय गरेको छ भने निबर्तमान अध्यक्ष ओम थापाको प्रस्ताबमा यस वर्ष सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र उनको सहयोगार्थ उपाध्यक्ष नेम थापा, बिर बलाल र जुमकाजी गुरुङ  रहने गरि दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ।

Rushmoor and Wellesly 10K Run

आगामी ०८ अक्टुबर २०१७ आइतबार  बिहान ठिक १० बजे सुरु हुने उक्त दौडको पूर्ब तयारि तिब्र रुपमा भैरहेको र १०के रनमा भाग लिन इच्छुक व्यक्तिले छिटो भन्दा छिटो अनलाइन दर्ता गरि सिट सुरक्षित गर्न र फन रन गर्नेहरुले सोहि दिन दर्ता गर्न सक्ने तथा १०केको दर्ता शुल्क £१३.०० (सिनियर सिटिजन र १८ वर्ष मुनिकालाई £५.००) लाग्ने अनि फन रन इन्ट्री फ्री भए पनि मेडल दीइने कुरा संयोजक गौचनले बताए।

२६  जुलाई २०१७ मा रशमूर ब्रो काउन्सिलका मार्टिन स्टेरियो, बेल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ राड्क्लिफ, सेक्रेटरी एण्डी राट्क्लिफ, संयोजक मेजर रिटायर्ड खिम गौचन, निबर्तमान अध्यक्ष ओम थापा, उपाध्यक्ष नेम थापा र महासचिब मान गुरुङ समेतको बैठकले स्थानिय च्यारिटीलाई सपोर्ट, बढी भन्दा बढी सहभागिता, आबश्यक मार्सलको टुंगो लगाउने र ब्यापक प्रचार प्रसार गर्ने बिषयमा छलफल भइ निर्णय समेत भएको छ भने रशमूर एरिया मात्र नभई समस्त यू के बासि नेपाली समुदायमा सहभागिताको लागि ग्रेटर रशमूर नेपाली कम्युनिटीले हार्दिक आव्हान गरेको कुरा  उपाध्यक्ष नेम थापाले  बताए।

जीव बेलबासे
अध्यक्ष
जी आर एन सी