बेलायत बसोबासको दृष्टीकोणले सबैभन्दा घनाबस्ती भयको ठाउ अल्डरसटमा नेपाली कम्युनिटीको अध्यक्षमा जीव नारायण बेलाबासे निर्बिरोध निर्वाचीत भयकाछन् । आज भयको बार्षिक साधारण सभापछी भयको निर्वाचनबाट अध्यक्ष बेलवासे र उनको टीम सबै निर्बिरोध निर्वाचीत भएको हो। मुख्य अतिथी एनआरएन युकेका अध्यक्ष मुक्षेत्र गुरुड् रहेको सो बार्षिक साधारण सभाको सभापतित्व ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापामगरले गर्नु भयको थियो । जेष्ठ सदस्य पुर्ण बहादुर गुरुड्ग र अध्यक्ष ओम थापाले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरीयको सो कार्यक्रममा नेपाली राष्ट्रीय गान बजाईएको थियो भने ज्ञात अज्ञात सहिदका नाममा एक मीनेट मौन धारण गरीयको थियो।

PreMortgage.co.uk

बार्षीक साधारण सभामा आर्थीक बर्षको आयब्यय कोषाध्यष भक्त क्षत्रीले पेश गर्नु भयको र पास भएको थियो । महासचीव रंजीता मल्लले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै कम्युनिटीले समाजका लागी धेरै काम गरेको बताउनु भयो । समाजमा काम गर्न सजीलोको लागी विधानमा ३ जना उपाध्यक्ष बनाउने र सानो कार्यसमीतीका लागी सदस्य संख्या घटाउन समेत महासचीव रंजीता मल्लले राख्नु भयको प्रस्ताव छलफल पश्चात करतल ध्वनीका साथ पास भयको थियो । बार्षिक साधारण सभामा सेफ्टी ब्रिफीड्ग वीर वलालले गर्नु भयको थियो भने स्वागत भाषण जीव नारायण बेलवासेले गर्नु भयको थियो। एनआरएन पुर्व अध्यक्ष सुर्य गुरुड्ग, पुर्व अध्यक्ष तमुधी युके सुर्जे (रामचन्द्र) गुरुड्ग, रि मे कुल बहादुर थापा, शिव कल्चर एवम कम्युनिटी सेन्टर अध्यक्ष रोहीत गुरुड्ग , पोखरेली मंचका अध्यक्ष मान प्रसाद गुरुड्ग, एनआरएन उपाध्यक्ष शान्ती थापा , समाजसेवी नन्द कुमारी गुरुड्ग , समाजसेवी रेशम शेरचन, राजु गुरुड्ग, हरी गुरुड्ग काजी, प्रकास राउत, गोपाल विक, पदम राई, बिक्रम भट्टराई, क्यप्टेन हरी बहादुर थापा मद्दत समुह, नमस्ते स्टेट्स का प्रशान्त बिक, पत्रकारहरु पुर्ण गुरुड्ग, वाचस्पती रेग्मी र फोटो पत्रकार मीलन गुरुड्ग समेतको उपस्थीती थियो । ग्रेटर रसमोर नेपाली कम्युनीलाई सहयोग गर्ने विभीन्न ब्यवसायीहरुलाई सम्मान गरीयको सो कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमाण पत्र दिइएको थियो । सातौ बार्षिक अधीवेसनको समाप्ती पछी आठौ कार्यसमीतीको निर्वाचन संयोजक एकेन्द्र गुरुड्को अध्यक्षतामा ३ सदस्यीय रोहीत गुरुड्ग र रत्न राइ निर्वाचन कमीटी गठन भै निर्वाचन गराइएको थियो । सम्पन्न निर्वाचनमा सिड्गो समीती निर्बिरोध निर्वाचीत भयको थियो । नया कार्यसमीतीमा अध्यक्ष जीव नारायण बेलवासे, बरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्षमा नेम थापा र रंजीता मल्ल , महासचीवमा मान गुरुड्ग, सचीव युवन गुरुड्ग, कोषाध्यक्षमा टोप पल्ली, सह कोषाध्यक्षमा दिपक घले, महीला संयोजकमा लीला सेरीड्ग माओ, सह सास्कृतीक संयोजकमा सुरक्षा राना चयन भयकाछन् । सदस्यहरुमा भक्त क्षत्री, जगना गुरुड्ग, प्रेम गुरुड्ग वेभ माष्टर, हरी भट्टराई दिल नेपाली, नगेन्द्र नेवाड्ड्ग समेत छन्। यो कार्यसमीतीको कार्यकाल २ बर्षको रहेकोछ।