Search

नेपाली लिडरहरुलाई हाउसिङ्ग र ड्रग्स एंड अल्कोहल एब्युस तालिम

फान्ब्रो ०६ जुलाई २०१७, ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर ब्रो काउन्सिलको संयुक्त पहलमा स्थानिय नेपाली नेतृत्व बर्गलाई हाउजिङ्ग सम्बन्धि बिषयमा अनुशिक्षण तालिम दिइएको छ। बिगत बर्षदेखि नेपाली समूदायुलाई बेलायति संस्कार, चलन चल्ती, नियम कानून, उठ बस लगायत जिवन सम्बध्द हरेक बिषयमा जानकारी गराउने एवं नेपाली र स्थानिय समूदाय बीचमा आपसी सकारात्मक पारास्पारिकताको विकास गर्ने उदेश्यकासाथ हरेक तीन महिनामा कुनै एक विधामा केन्द्रित रही नेपाली नेतृत्व बर्गलाई रशमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा अनुशिक्षण तालिम दिने परम्परा कायम भएको छ।

PreMortgage.co.uk

रशमोर ब्रो काउन्सिलको प्रांगणमा ०६ जुलाई २०१७ मा सम्पन्न हाउजिङ्ग सम्बन्धि तालीमा घरधनीका हक अधिकार र कर्तब्य अनि घर भाडामा लिने पक्षको हक अधिकार र कर्तब्य साथै सोहि बिषयगत कानूनी पाटा बिषयमा जानकारी गराइएको थियो। उक्त अनुशिक्षणमा काउन्सिलका कम्युनिटी डेभलपमेन्ट मेनेजर लुइस वेभर, रशमोर हाउजिङ्गका हिलारी स्मिथ अनि टीम, शिला लिम्बु अनि ग्रेटर रशमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, सम्पूर्ण पदाधिकारीहरु, सल्लाहाकारहरुले सहयोग गरेका थिए।

२५ जना नेपाली नेतृत्व  बर्गको सहभागिता रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा ग्रेटर रशमोर कम्युनिटीका काउन्सिल संयोजक नेम थापाको पहलमा हम्शायर काउण्टी काउन्सिल लोकल फ्री ड्रग्स एण्ड अल्कोहल सर्भिसका माइक न्युमेन र उनको टिमले ड्रग्स एण्ड अल्कोहल एब्युस र यसबाट समूदायका बच्चा, युवा एवं बुढा बुढीहरु समेतमा पर्न जाने नकारात्मक असर तथा निराकरणका उपाय बिसयमा तालिम दिइएको थियो भने यस बिषयमा ग्रेटर रशमोर कम्युनिटीसंगको सहकार्यमा निरन्तर रुपमा तालिम दिइने कुरा नेम थापाले बताए।