Search

ग्रेटर रश्मोर नेपाली कम्युनिटीको साधारणसभा जुलाई २२ मा

लण्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटीको कार्यसमिति बैठकले आगामी जुलाई २२ मा साधारणसभा गर्ने निर्णय गरेको छ।

PreMortgage.co.uk

साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन हुने हुदाँ निर्वाचन सम्पन्न गर्नको लागि एकेन्द्र गुरुङको अध्यक्षतामा सह अध्यक्ष मेजर कुल थापा, सचिव रोहित गुरुङ, सदस्य पदम राई र रत्न राई रहने गरि निर्वाचन कमिटी समेत तोकिएको छ।

उक्त साधारणसभामा सभागी भइ कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि समस्त रश्मोरबासी नेपाली समुदायमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाले अनुरोध गरेका छन् ।

निर्वाचनमा भाग लिनको लागि सदस्यता जरुरी हुने हुँदा १५ जुलाईको सांझ ५ बजे भित्र भरिएको सदस्यता फारम 14 Homelea Close, Farnborough Hants ,GU14 8HH मा पुगिसकेको हुनुपर्ने बताइएको छ ।

तोकिएको समय भन्दा ढिला पुगेको फारमबाट पछि सदस्यता कायम हुने भएकोले निर्वाचनमा भाग लिन पाइनेछैन।

स्थानीय रश्मोर कम्युनिटि सेन्टर , फार्नबरो ( GU14 7LE ) को हल नम्बर ५ मा हुने उक्त अधिवेसन बिहान ठिक ११.३० बजे देखि सुरु हुने उपाध्यक्ष जीव बेलवासेले जनाएका छन् ।