Search

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइयो

आल्डरशट १0 जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न भएको छ।

PreMortgage.co.uk

यो वर्ष पनि ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइएको कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए। कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नर नारीहरुको नाच, विभिन्न धर्म, जाती एवं संस्कार सम्बध्द संस्कृति झल्कने पहिरन सहित करिब तीनसय भन्दा बढी परेडमा र हजारौंको संख्यामा बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहेको र स्थानिय समूदायको तर्फबाट अत्यन्तै सकारात्मक रुपमा नेपाली र नेपालीका क्रियाकलापहरुलाई मन पराइ स्वीकार गरिएको कुरा कार्यक्रम उपाध्यक्ष रामधन राइले बताए।

स्थानिय समूदाय र नेपाली समूदाय बिचको दुरीलाई निमिट्याण्ट पार्न सफल उक्त कार्यक्रममा आफ्नो संस्कार झल्कने पोशाक सहित बि सी सी यू के, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, क्षेत्री समाज यू के, तमुधी यू के, मगर संघ यू के रशमॊर शाखा, किरात सुनुवार सेवा समाज यू के, किरात राइ यायोखा, लम्जुंग समाज यू के, पूर्व प्रहरी मंच यू के, थाकाली समाज यू के, याक्थुङ्ग चुमलुङ्ग, गेसो, मदत समूह, नया युवा, तमुधी आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा बरिष्ठ उपाध्यक्ष जीव बेलबासेले बताए।

यस कार्यक्रमलाइ सफल पार्न कार्य समिति, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरु समेतको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उक्त कार्यक्रमको संयोजक रन्जिता मल्ल र सहसंयोजक बिर बलाल रहेका थिए। बिहान ११.०० देखि सुरु भइ दिनभर जसो चलेको उक्त कार्यक्रमको मार्चपास पश्चात अध्यक्ष ओम थापाले समस्त सहभागी संघ संस्था, पत्रकार, समाजसेबी, पेशाकर्मी लगायत समस्त कार्यसमिति एवं सल्लाहाकारहरुमा धन्यबाद ज्ञापन गरेका थिए।

स्मरण रहोस गतवर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको अग्रसरतामा स्थानिय समस्त नेपाली संघसंस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप मिलेको अपार सफलताबाट उत्साहित भइ हरेक दूइ बर्षमा आयोजना गरिने कार्यक्रम प्रत्येक वर्ष गर्ने निर्णय स्थानिय काउन्सिल, नेपाली एवं स्थानिय समूदायको संयुक्त पहलमा गर्ने गरि यो वर्षदेखि भिक्टोरिया डे हरेक वर्ष मनाउने गरि सुरु गरिएको छ।