Search

ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा

फान्ब्रो १९ मे २०१७, यहाँ स्थित स्थानिय युवाहरुको संस्था नयायुवाको भर्खरै निर्बाचित कार्यसमितिलाई ग्रेटर रशमोर नेपाली कम्युनिटीले एक कार्यक्रमका बीच खादा ओढाई स्वागत, सम्मान एवं बधाई ज्ञापन गरेको छ।

PreMortgage.co.uk

कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका तर्फबाट अध्यक्ष ओम थापा, बरिष्ठ उपाध्यक्ष जीव बेलबासे र काउन्सिल समन्वयकर्ता नेम थापाले पूर्व अध्यक्ष निलम राई, नब निर्बाचित अध्यक्ष सतिश थापा, उपाध्यक्ष शेरा लिम्बु, महासचिब जमुना रोका, कोषाध्यक्ष साधना गुरुङ लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई खादा ओढाइएको थियो।

संस्थापक अध्यक्ष शिला लिम्बुद्वारा संचालित उक्त कार्यक्रममा युवाहरुको समाज प्रतिको सशक्त योगदानको सराहाना गर्दै बिगत बर्षहरुमा जस्तै आगामी दिनहरुमा पनि आपशी सहकार्य गर्दै अघि बढने कुरामा अठोट ब्यक्त गरिएको थियो।