Search

ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइने 

आल्डरशट, ग्रेटर रशमॊर नेपाली कम्युनिटीले यहि आगामी १0 जुन २०१७, बेलायतकी महारानी एलिजाबेथ द्वीतियको जन्म दिन (भिक्टोरिया डे) मनाउने काम भब्य रुपमा सम्पन्न गर्ने भएको छ। यस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानिय काउन्सिल एवं  ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरि प्रथम नौमती बाजा लगायत प्राय सबैजसो नेपाली सम्बद्ध संघ संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइने कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए।

PreMortgage.co.uk
https://www.premortgage.co.uk
ग्रेटर रशमॊर नेपाली कम्युनिटीद्वारा भिक्टोरिया डे मनाइने

कार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नर नारीहरुको नाच, विभिन्न धर्म, जाती एवं संस्कार सम्बध्द संस्कृति झल्कने पहिरन सहित करिब दूइसय भन्दा बढी परेडमा र करिब तीन हजार भन्दा बढी बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहने  र स्थानिय समूदायको तर्फबाट समेत सकारात्मक रुपमा नेपाली र नेपालीका क्रियाकलापहरुलाई मन पराइ गत बर्ष जस्तै स्वीकार गरिने  कुरामा आशाबादी रहेको उक्त कार्यक्रमा  स्थानिय समूदाय, नेपाली समूदाय, आ-आफ्नो संस्कार झल्कने पोशाक सहित बि सी सी यू के, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्ब्रो, क्षेत्री समाज यू के, तमुधी यू के, मगर संघ यू के, किरात सुनुवार सेवा समाज यू के, किरात राइ यायोखा, थकाली समाज यू के, याक्थुङ्ग चुमलुङ्ग, गेसो, मदत समूह, नया युवा, तमुधी आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहने कुरा  उपाध्यक्ष राम धन राइले बताए। कार्य समिति, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरु समेतको भूमिका अत्यन्तै महत्वपूर्ण रहने उक्त कार्यक्रमको  संयोजक रन्जिता मल्ल र सहसंयोजक बिर बलाल रहेका छन्।