Search

ग्रेटर रशमूर नेपाली कम्युनिटीले नयाँवर्ष २०७४ मनायो

लण्डन । नेपालीहरुको सर्वाधिक बसोबास रहेको बेलायतको रसमुर क्षेत्रमा नेपाली नयाँ वर्ष २०७४ मनाइएको छ । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीय रसमुरका मेयर ज्याकी भास्पर र आयोजक ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष ओमप्रसाद थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै राजदुत क्षेत्रीले आफूले काम गरेका विभिन्न देशहरुमध्ये बेलायतमा नेपालीहरुले नेपाली परम्परा र सँस्कृति जगेर्ना गर्न उल्लेखनीय कार्य गरेको पाएको बताए । कार्यक्रममा मेयर ज्याकी भास्पर, गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष योगकुमार फगामी र अध्यक्ष थापाले नयाँ वर्षको शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन समाजकी महासचिव रञ्जिता मल्ल, रोहित गुरुङ र मिस युके नेपाली टेनिसा रानाले गरेका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकारहरु राजु ढकाल, जानकी तारामीमगर र रश्मि तामाङका साथै स्थानीय कलाकारले गीत र नृत्य प्रस्तुत गरेका थिए । स्थानीय काउन्सिलको सहयोगमा नृत्य सिकिरहेका बालबालिकाले पनि मौलिक नेपाली नृत्य प्रस्तुत गरेका थिए । वरिष्ठ उपाध्यक्ष जीव बेल्बासेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा आमा, बाबा र गैरनेपाली कलाकारले पनि गीत नृत्य प्रस्तुत गरेका थिए ।

PreMortgage.co.uk