Search

ग्रेटर शमोर नेपाली कम्युनिती लाई लोकल स्कुल हरू आर्थिक सहयोग

लण्डन । बेलायतको रश्मोरस्थित एक स्कुलका ससाना विद्यार्थीहरुले नेपालको भुकम्पप्रभावित क्षेत्रको स्कुललाई आर्थिक सहयोग गरेका छन् ।
स्थानीय ग्रेञ्ज जुनियर कम्युनिटी स्कुलका कक्षा ४ का विद्यार्थीहरुले केक बेचेर जम्मा गरेको ८८ पाउण्ड ग्रेटर रश्मोर नेपाली कम्युनिटीलाई हस्तान्तरण गरेका छन् ।

PreMortgage.co.uk

स्कुलकी प्रधानाध्यापक पावोला बर्गेस र विद्यार्थीहरुले बुधबार सहयोग रकम कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापालाई हस्तान्तरण गरे ।
कम्युनिटीको सहयोगमा हालै भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको भिमटारस्थित परोपकारी निमाविको पुननिर्माण कार्य सम्पन्न भएको थियो ।कम्युनिटीका पूर्व अध्यक्ष तथा उक्त स्कुलका गभर्नर बोर्डका सदस्य रोहित गुरुंगको सल्लाहमा अभिभावकलाई केक बेचेर विद्यार्थीहरुले रकम संकलन गरेका थिए । उनीहरुले यसअघि पनि भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय निर्माणमा सहयोग गरेका थिए ।
कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापा र निवर्तमान अध्यक्ष मे रि टिकेन्द्र दल देवानले रश्मोर क्षेत्रको नेपाली समुदाय मात्र नभएर स्थानीय बासिन्दा, प्रशासन, प्रहरी, काउन्सिलका कर्मचारीका साथसाथै रश्मोर १० के रनको च्यारिटीबाट संकलित रकम समेत जम्मा गराएर नेपालमा स्कुल निर्माण गरिएको बताए ।

रश्मोर कम्युनिटी र गोर्खा वेलफेयर सोसाइटी मिलेर गरेको सो स्कुल पुनिर्माणको कामले यस क्षेत्रका विद्यार्थीहरुलाई सामुदायिक काममा प्रेरित गर्ने विश्वास उनीहरुले व्यक्त गरे ।
त्यसअवसरमा सहयोगदाता विद्यार्थीहरुले भूकम्प र त्यसको प्रभावका बारेमा चासोपुर्वक विभिन्न जिज्ञासा राखेका थिए ।
अध्यक्ष थापाले नेपालको विकट क्षेत्रमा अवस्थित उक्त विद्यालयका विद्यार्थीको लागि कम्प्युटर र ल्यापटप खरिद गरेर पठाउने प्रक्रियामा रहेको जनाउंदै भविष्यमा आर्थिक स्रोत जुटाउन सके विद्यालयमा नमुना रश्मोर पुस्तकालय स्थापनाका लागि पनि सहयोग गर्ने लक्ष्य सुनाए ।
सहयोगदाता विद्यार्थी तथा सो स्कुलका शिक्षिकाहरुलाई कम्युनिटीका तर्फबाट धन्यवादस्वरुप चकलेट वितरण गरिएको थियो ।